कोरोनाको नयाँ प्रजातिको खतरामा नेपाल, आज सिसिएमसीको बैठक बस्दै

काठमाडौ । कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिने तयारी गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को मिटिङ बस्ने भएको छ ।

दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने बारे आजको बैठकमा छलफल हुँनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।

उक्त छलफलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्ने लागेको छ ।

कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने छ ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल–हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको छ ।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *