कांग्रेस रुपन्देहीको जिल्ला अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको रुपन्देहीको १४ औं महाधिवेशन अन्तरगत आज हुँदैछ । मनोनयन दर्ता बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।आजै सबै प्रकृया सकेर मतदान भोलि बिहान ८बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा सहमति जुटेको हो ।

सभापतिमा बर्तमान जिल्ला सचिव रामकृष्ण खाँणको नाम सर्वसहमत छ । काँग्रेसको १४ औं अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका छन् ।

नगर र क्षेत्रीय अधिवेशनहरु सकिएका छन् । प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह ९सभापति शेरबहादुर देउवा० पक्ष बलियो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *