USAID

नेपालगन्ज उपमहानगरपालिकाः कांग्रेसका विष्ट दोब्बर बढी मतले निर्वाचित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन्।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए। उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ। तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा० का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेक