२४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ९सय ८० जनाको पीसीआर परीक्षणमा १४१ जना र ३ सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ सय ४३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ५ सय ५८ पुगेको छ । आज ५ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *