एनआरएनएले हङकङबाट पठाएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं । हङकङबाट पठाइएको साढे दुई करोड रुपैयाँ बराबरको २२४ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।

एनआरआएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा द हङकङ एक्स सर्भीस मेन एसोसियसन (एचकेईएसए) अर्थात् हङकङ पूर्व सैनिक संघले कोभिड १९ सँग जुध्नका लागि पठाएको अक्सिजन कन्सनट्रेटर एनआरएनए आइसिसीमार्फत हस्तान्तरणा गरिएको हो ।

एनआरएनएको सचिवालयमा बुधबार आयोजित कार्यक्रममा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले, उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणाले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे । सो अवसरमा प्रमुख संरक्षक घलेले अक्सिजन कन्सनट्रेटरको सही सदुप्रयोग गर्न आग्रह गरे ।

बुधबार कन्सनट्रेटर मुस्ताङ जिल्लाको ठिनी हेल्प पोष्ट जोमसोमका लागि ३ थान, झारकोट हेल्प पोष्ट मुक्तिनाथका लागि ५ थान र दोलखाका ग्रामीण क्षेत्रका लागि २६ गरि ३१ थान हस्तान्तरण गरिएको हो । हालसम्म सल्यान, जुम्ला र हुम्लाका विकट क्षेत्रमा गरि ५० थान पठाइसकिएको जनाइएको छ ।

बाँकी अक्सिजन कन्सनट्रेटर नेपालका सबै प्रदेशका विकट क्षेत्रका हस्पिटल र स्वास्थ्य चौकीलाई वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *