विराटनगर । प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् । मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिएका छन् ।