नेपाल फर्किए राजदूत खतिवडा

काठमाडौं। अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍ युवराज खतिवडा बुधबार स्वदेश फर्किएका छन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको हो ।

पूर्व मन्त्रीसमेत रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।

डा खतिवडाले अमेरिका र यसका क्षेत्रहरू, र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर९आवासीय राजदूतको रुपमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *