मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख नाघे

काठमाडौं । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेको छ । पछिल्लो १ वर्षमा मात्र यस्तो संख्या २६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७६/७७ को अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड १३ लाख ६ हजार रहेको थियो ।

पछिल्लो समय राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले नगदरहित कारोबारमा जोड दिँदै आएका छन् । त्यसको उपयुक्त माध्यमका रूपमा मोबाइल बैंकिङलाई लिइएको छ । यसबाट अर्को बैंक खातामा रकम जम्मा गर्ने, पानीरबिजुलीरइन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने, हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी गर्नेलगायत थुप्रै सुविधा हुन्छन् । क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने सुविधा यसमा हुन्छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेविट कार्ड (एटीएम) प्रयोगकर्ताको भन्दा पनि बढी पुगिसकेको छ । गत असार मसान्तसम्म एटीएम कार्ड प्रयोगकर्ताको संख्या ८८ लाख ३९ हजार ८५५ पुगेको छ, जुन मोवाइल बैंकिङ प्रयोगकर्ता भन्दा धेरै कम हो । नेपालमा सन् १९९४ ९विसं २०५०/५१० एटीएम कार्डको प्रचलन शुरू भएको हो । तर, २७/२८ वर्षसम्म यसको विस्तार त्यति हुन सकेन । तर, प्रचलनमा आएको केही वर्षमा नै मोबाइल बैंकिङले फड्को मारेको जानकारहरू बताउँछन् । नेपालमा सन् २००४ मा मोवाइल बैंकिङको प्रारम्भिक अभ्यास भएको थियो । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *