मलको व्यवस्थापन गर्न आग्रह

काठमाडौं । खाद्यका लागि कृषि अभियानले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग ध्यानाकर्षण गराएको छ ।

अभियानका संयोजक उद्धव अधिकारीले आज एक विज्ञप्ति जारी गरी मलको दीर्घकालीन समस्या समाधान गरी किसानलाई समयमा मल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

सरकारले खेतीपातीलाई नभई नहुने मलको समेत व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै अभियानले रासायनिक मल घातक भए पनि त्यसको व्यवस्थापन राम्रोसँग गर्न नसकेको गुनासो गर्दै अभियानले रासायनिक मलका व्यवस्थापन नभए त्यसको विकल्प दिन आग्रह गरेको छ ।

किसान अहिले मलका लागि भौँतारिरहेका छन् । रासायनिक मल दिन नसकेपछि जैविक मलको व्यवस्थापनमा लाग्न पनि अभियानले सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *