एमसीसी उपाध्यक्ष फातिमाको टोलीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार नेपाल आएसँगै राजनीतिक दौडधुप तीव्र पारेका छन् ।

नेपाल आएलगतै सुमारले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न चार दिने नेपाल भ्रमणमा आएकी उनीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछिन् ।

काठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनलकै निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् ।

बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *