फलामखानीमा चिया खेती

पर्वत। पर्वतमा चिया खेतीको परीक्षण सफल भएपछि व्यावसायिक खेती सुरु भएको छ । यहाँको महाशिला गाउँपालिकाले चिया खेती विस्तार गर्न थालेको हो । गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।बाँझो रहेको खेत र जङरगलको छेउछाउमा चियाका बिरुवा रोप्ने काम धमाधम भइरहेको छ । स्थानीयवासी अन्य परम्परागत बालीभन्दा चियाको उत्पादन राम्रो हुने भन्दै खुसी छन ।

महाशिला गाउँपालिका–६, फलामखानीमा ६० रोपनी जग्गामा लगाइएको चिया बगानबाट यस वर्ष तयारी चिया उत्पादन भएको छ । फलामखानीमा चिया सफल भएपछि यो वर्ष अरू खेती नगरी खाली जमिन र बाँदरले हैरान पार्ने स्थानमा चिया खेती गरिएको महाशिला गाउँपालिकाका आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

“गत वर्ष ५० हजार बिरुवा रोपियो,” भुसालले भने, “यस वर्ष थप क्षेत्र विस्तार गरेर ५० हजार बिरुवा रोप्ने तयारी छ । बाँदरले बाली खाएर हैरान हुने क्षेत्रमा चिया खेती गर्ने कार्यक्रम छ । ” स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले यो योजना सफल भएको महाशिला–६, फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताए ।

फलाम खानीबाट विस्थापित दलित समुदाय चिया खेतीमा आकर्षित भएका छन । अध्यक्ष सुनारले भने, “यहाँको फलामखानीमा ७० परिवार आश्रित थिए । खानी बन्द भएपछि आम्दानी गुमेका परिवार अहिले चियाखेतीमा संलग्न छनर । ” सुरुकै आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले चिया खेती प्रवद्र्धन कार्यक्रम समावेश गरेको बताए ।

गाउँपालिकाको योजनाअनुसार फलामखानीको जङगलमा ६० रोपनी जमिनमा चियाको बगान बनाइएको छ । बगानमा चियाको वयस्क बोटसँगै बिरुवा पनि हुर्काउन थालियो । अहिले आएर यहाँ तयारी चिया उत्पादन हुने गरेको छ भने बगैँचामा चियाका बिरुवा पनि उत्पादन भइरहेका छन । किसानलाई चिया खेतीमा प्रेरित गर्न गाउँपालिकाले अनुदानसमेत दिने गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *