बौद्धनाथमा भव्य रूपमा मनाइयो ल्हाबाब दुछेन महोत्सव

काठमाडौं । बौद्धनाथ स्तूप परिसरमा ल्हाबाब दुछेन (देवावतरण महोत्सव) विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठानसहित सम्पन्न भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा कार्तिक १५ गते धार्मिक महोत्सव भव्य रूपमा सम्पन्न भएको हो ।

महोत्सवका अवसरमा परम पूजनीय श्रीधर राणा रिन्पोछेबाट धर्मदेशना, प्राणीधन मोन्लम (सामूहिक प्रार्थना) तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा विभिन्न गुरुहरू, श्रद्धालु भक्तजन, धर्मानुरागी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।
ल्हाबाब दुछेनका अवसरमा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति, सद्भाव र करुणाको कामना गर्दै विश्व शान्ति तथा समस्त प्राणीको कल्याणका लागि प्रार्थना गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *