काठमाडौं । सन् २०२६ को अक्टोबर महिनामा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या सन् २०२५ को अक्टोबर महिनाको तुलनामा ३.४ प्रतिशतले बढी हो ।
अक्टोबरमा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन् । अमेरिकाबाट १७ हजार ४३७ जना (१३.१३ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, भारतबाट १२ हजार ९७ जना (९.११ प्रतिशत), चीनबाट ११ हजार ६९५ जना (८.८१ प्रतिशत), बेलायतबाट ९ हजार ३८५ जना (७.०७ प्रतिशत) र अस्ट्रेलियाबाट ९ हजार ३५२ जना (७.०४ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै ३०.०२ प्रतिशत पर्यटक युरोपबाट आएका छन् । त्यस्तै, एसियाका अन्य मुलुकबाट २०.३६ प्रतिशत, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट १८.११ प्रतिशत, अमेरिकाबाट १६.०१ प्रतिशत, ओसियानियाबाट ७.६४ प्रतिशत, अन्य क्षेत्रबाट ५.७८ प्रतिशत, मध्यपूर्वबाट १.७६ प्रतिशत र अफ्रिकाबाट ०.३२ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
पर्यटक आगमनको यो तथ्यांकले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको आकर्षण र विश्वास निरन्तर बढिरहेको संकेत गरेको छ ।
