मन्त्रिपरिषद विस्तारको तयारी, को को बन्लान् मन्त्री?

काठमाडौं, भदौ १४ । सत्ता गठबन्धनका दलहरुले सम्भवत आजै नाम टुंगो लगाएर मन्त्रिपरिषद विस्तारको तयारी भैरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन छलफल गरेका थिए । उनले मन्त्रीहरुको नाम मागेका थिए । मन्त्रालयको टुंगो लागिसकेको बुझिएको छ ।

नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् । बाँकी ४ जना मन्त्रीको टुंगो लगाइने भएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १ मन्त्रीको कोटा छुट्याएको बुझिएको छ । पौडेल पक्षबाट सुजाता कोइराला, डा। मीनेन्द्र रिजाल, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित हुन् ।

सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्ने भएका छन् । देउवा पक्षबाट मीनबहादुर विश्वकर्मा, डा डिला संग्रौला, उमा रेग्मी दौडधूपमा छन् ।

नेकपा माओवादीबाट २ जना मन्त्री भइसकेकाल अब ४ जना थपिनेछन् । थपिने सम्भावितहरुमा देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमन लाल मोदी, अञ्जना विशंखे, शशी श्रेष्ठ मध्येबाट छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा जान खोजिरहेका छन् । तर, उनलाई रोक्ने रणनीति भइसकेको छ ।

नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको सम्भावना बढी छ । जीवनराम ब्याक भएकाले कृष्णलाल श्रेष्ठ मन्त्री बन्ने निश्चितप्रायः भएको छ ।

जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफै सरकारको नेतृत्व गरी जाने पक्षमा छन् । तर, राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवले नेतृत्व लिएर जाने सम्भावना पनि छ । मन्त्रीका सम्भावितहरुमा मोहम्मद इश्तियाक राई, सुरेन्द्र यादव, रेनु यादव, अमृता अग्रहरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *