स्वास्थ्य मन्त्री बन्दै झाँक्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।प्रधानमन्त्री देउवाले अहिले ११ बजेभित्र मन्त्री बन्ने नेता तथा सांसदहरुको नाम दिन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरिसकेकाले आजै दिउँसो ४ बजे सपथग्रहण गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

आज विस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्नेहरुको नाम सत्ता साझेदार सबै दलहरुले मोटामोटी तयार गरिसकेका छन्। कांग्रेस भित्र केही विमती रहे पनि अरु दलहरुले अन्तिम नामावली तयार गरिसकेका छन्। माओवादी केन्द्रले मन्त्री बन्ने नेताहरुको नाम नै सार्वजनिक गरिसकेको छ।

त्यस्तै, एकीकृत समाजवादीको आज विहान बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाई सकेको छ । एकीकृत समाजवादीले शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

अब विस्तार हुने मन्त्रिपरिषद्अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले समान ४–४ मन्त्रालय पाउने छन्। त्यस्तै कांग्रेस २ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एकएक राज्यमन्त्रीसमेत पाउने भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *