USAID

बचतमा आयो शोधनान्तर स्थिति


काठमाडौं। मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आव २०७६र७७ मा शोधनान्तर स्थितिमा २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर १५ अर्ब १५ करोड रुपैयाँले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो ।

गत आवमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ ।

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *