एसियन कप छनोटको लागि राष्ट्रिय महिला फूटबल टोलीको घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप -२०२२ छनोटको लागि नेपाली राष्ट्रिय महिला फूटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय महिला टोलीको घोषणा गरेका हुन् ।

यसपटक राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडीले स्थान पाएका छन् । पहिलो पटक टोलीमा पर्नेमा डिफेन्डर बिमला विक, निशा थोकर, सृजना सिंह, मिडफिल्डर प्रिती राई, फर्वार्ड सविता राना, रश्मि घिसिङ र रजनी थोकर रहेका छन् । यस्तै अन्तिम छनोटबाट बाहिरिनेमा अमिषा कार्की, अन्जली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा रहेका छन् ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ । खेल असोज २ गते शनिबार हुनेछ । यस्तै असोज ५ गते मंगलबार हुने दोस्रो खेलमा नेपालले हङकङको सामना गर्नेछ । दुवै खेल उज्बेकिस्तानको जार रंगशालामा नेपाली समय अनुसार ३:४५ बजे शुरु हुने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ ।

समूहको शिर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एएफसी महिला एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टोली:-
अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला विक, बिमला चौधरी, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, अञ्जली तामाङ (योञ्जन), निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु र सृजना सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *