एजेन्सी । फिफा विश्वकप-२०२२ छनोटको लागि अर्जेन्टिनी राष्ट्रिय टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कालोनीले सोमबार ३० सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
यहि सिजन स्पेनिस क्लब बार्सिलोना छोड्दै पेरिस सेन्ट जर्मन(पिएसजी) पुगेका स्टार खेलाडी लियोनल मेस्सीपनि टोलीमा समावेश रहेका छन् । लिगको तेस्रो चरणको खेल सकिदासम्म मेस्सीले पिएसजीबाट डेब्यु गरेका छैनन् । ३४ वर्षीय अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले यसै हप्ता रेइमिससँगको खेलमा डेब्यु गर्ने सम्भावना रहेको छ ।
मेस्सीसँगै पिएसजीका एन्जल डी मारिया र लिएन्ड्रो पारेडेसपनि अर्जेन्टिनी टोलीमा रहेका छन् । यस्तै युभेन्टसका पाउलो डिबालापनि झन्डै २ वर्षपछि टोलीमा फर्किएका छन् । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले सेप्टेम्बर ३ मा भेनेजुयला, सेप्टेम्बर ६ मा ब्राजिल र सेप्टेम्बर १० मा बोलिभियासँग खेल खेल्नेछ । हाल कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना ६ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
अर्जेन्टिनाको टोली :-

