द्रुतमार्ग छिटो बनाउन निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बोलाएर दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले बताएका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *