मन्त्रीको टुङ्गो शीर्ष नेतृत्वले लगाउने

काठमाडौ, साउन १५। सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच भएका औपचारिक तथा अनौपचारिक छलफलबाट मन्त्रालयको सङ्ख्या विभाजन पनि गरिएको छ ।नेताहरूका अनुसार काँगेस भागमा आठ मन्त्रालयसहित एक राज्यमन्त्री र माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा सात–सात मन्त्रालयसहित एक–एक राज्यमन्त्री भागमा परेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले दिए । यसैगरी अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित उनकै निवासमा भेट गरी सरकार गठनका सम्बन्धमा छलफल गरेका छन् ।

भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा नजाने कुरा पुनः दोहो¥याउनु भएको जानकारी प्रचण्डको सचिवालयले दिएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई सफल बनाउन इमानदार व्यक्तिलाई सरकारमा पठाउनसमेत नेता नेपाल सुझाव दिएका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *