आज सार्वजनिक विदा

काठमाडौं। सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयद्वारा मंगलबार जारी सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *