देउवा विरोधी खेमामा सहमति प्रयास

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सहमतिको पहल थालेका छन् ।

नेता अर्जुननरसिंह केसीको पहलमा शुक्रबार संस्थापन इतर समूहबाट नेतृत्वका आकांक्षीलाई एक ठाउँमा भेला गराएर सहमतिमा एकमात्र उम्मेदवार तय गर्न छलफल गरिएको छ । केसी स्वयंले पनि पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

संस्थापन पक्षबाट शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका छन् । संस्थापन इतर पक्षबाट भने नौजनाले सभापतिमा दाबी गर्दै आएका छन् ।

संस्थापन इतर पक्षबाट नेतृत्व दाबी गर्नेमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ छन् ।

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी गुरुङबाहेक अन्य सहभागी बैठकमा सबैले नेतृत्वमा आआफ्नो दाबी प्रस्तुत गर्दै औचित्य पुष्टिको प्रयास गरेका थिए । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *