बाढीबाट क्षतिग्रस्त सम्पत्तिबापत करीब २ अर्बको बीमा दाबी

काठमाडौं। देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा दुई अर्ब ९२ करोड तीन लाख रुपैयाँ बराबरको तीन सय ३१ वटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ ।

बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *