USAID

प्रयोगशाला नै राख्दैनन् संक्रमितको विस्तृत विवरण


काठमाडौं। कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।

देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

महाशाखाका निर्देशक डा कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए ।

सबै पीसीआर प्रयोगशालालाई कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *