तीन वर्षीय बालककाे हत्या गरेको आरोपमा दिदी पक्राउ

कैलाली । चार दिनदेखि बेपत्ता साढे तीन वर्षीय बालकको हत्याको अभियोगमा दुई युवती पक्राउ परेका छन् कैलाली टिकापुरमा कुलोमा मृत फेला परेका नाबालक विवेक विष्टको हत्याको आरोपमा उनकै नाता पर्ने दिदी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय टिकापुरले विहीबार पत्रकार सम्मेलन गरेर नाबालक विष्टको हत्याकाे आरोपमा दुई युवतीलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दिदी नाता पर्ने युवतीले आफुले विवेकको हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नाता पर्ने दिदीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेकी हुन् । पारिवारिक रिसिबीका कारण हत्याको योजना बनेको थियो । उनकी साथीसँग विवेकको बाला फेला परेपछि साथी पनि पक्राउ परेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *