महामारीका बेला विदेशमा एमबीबीएस पूरा गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

काठमाडौँ । विदेशमा एमबीबीएसको अध्ययन पूरा गरेका तर कोरोनाले इन्टर्नसिप रोकिएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोरोना महामारीको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेको भन्दै सरकारले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरेका विद्यार्थीको इन्टर्नसिप अवधि एक पटकका लागि नेपालमै पूरा गर्ने व्यवस्था मिलाएको हो ।

चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका र इन्टर्नसिप गर्न बाँकी इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ । प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन असार २४ मा खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ ।

आवेदन शुल्क एक हजार पाँच सय लाग्ने र स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ । साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *