काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एकसाता बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा लम्ब्याइए पनि सवारीसाधनमा जोर–बिजोर प्रणाली भने हटाइएको छ ।



