पूर्वी चितवनमा एक पुरुषको शव फेला

चितवन । पूर्वी चितवनमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षका व्यक्ति शनिबार बिहान मृत भेटिएका इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो । घोलमा शव भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उनले जानकारी दिए । मृतकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *