काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप, सार्वजनिक सवारीसाधन संचालनमा जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधन विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ भने सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *