काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दैछ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
पार्टीको क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको हो । पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशीलको नाम सार्वजनिक गरेको थियो । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ । अन्य जिल्लाबाट पनि केहीको संख्यामा उजुरी आएको छ ।
