नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा मंगलबार भने पुनः हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.१९ बिन्दुले बढेर ५३६.३४ मा पुगेको छ ।

नेप्सेका अनुसार कूल २२५ कम्पनीको एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर रु १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ मा खरिद बिक्री भए ।

आजको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४४.१३, व्यापार २१.५४, होटल तथा पर्यटन १०९.९५, विकास बैंक २५१.३३, जलविद्युत् १५०.०१, वित्त १२७.६, निर्जीवन बीमा ३७५.२३, उत्पादन १६२.४१, अन्य ३४.८२, लघुवित्त ६४.९, जीवन बीमा ३८७.८५, सामूहिक लगानी कोष ४.५८ र लगानी उपसमूहको शेयर ४.५८ बिन्दुले उकालो लागेको छ ।

नेप्सेका अनुसार मंगलबार आठ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।
अपि पावर कम्पनी, ङादी ग्रुप अफ पावर, पञ्चकन्या माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, एचआइडिसिएल, जानकी फाइनान्सको शेयरमा समान १० प्रतिशतले बढोत्तरी भएको छ । राधी विद्युत् कम्पनी ९.९९, जोशी हाइड्रोपावरको शेयरमा ९.९६ प्रतिशतको वृद्धि भएको छ ।

यस्तै, गोर्खाज फाइनान्स, ३.१७, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ३.०५, एसबिएल डिवेञ्चर २, एनआइसि एशिया डिवेञ्चर १.९६ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले १.४४ प्रतिशतले गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *