कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु

अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परी तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि ट्वीटमा उल्लेख गरिएको छ । त्यक्रममा आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *