विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न स्याङ्जाका स्थानीय तह सकारात्मक

स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाको आयोजनामा भएको विद्यालय तहमा नैतिक शिक्षाको आवश्यकता विषयक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट अध्यक्ष नवराज पौडेलको सभापतित्वमा स्थानीय प्रमुखसँग कार्यक्रमको भएको थियो । प्रमुख अतिथिमा जिल्ला समन्वय समिति स्याङ्गजाका अध्यक्ष सीता सुन्दास थिइन् ।

यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा भीरकोट नगर प्रमुख छाया राम खनाल, वालिङ नगर प्रमुख दिलीप प्रताप खाँड, कालीगण्डकी गाउँपालिका प्रमुख खिन नारायण थापा, विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाह, भिरकोट नगर प्रवक्ता दीपेन्द्र केसि, चैतन्य कृष्ण गुरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सीता सुन्दासले अब नेपालले पूर्वीय दर्शनको बाटो आँगाल्न पर्ने कुरा व्यक्त गरे । अब हरेक व्यक्तिले नैतिक शिक्षा लिन आवश्यक रहेको कुरा व्यक्त गर्दै सुन्दासले विश्व हिन्दू युवा संघ स्याङ्जाले गरेको काम प्रति प्रसंसा र नैतिक शिक्षा लागू गर्ने विषयमा आफूहरु गम्भीर भएको कुरा व्यक्त गरे ।

विशिष्ठ अतिथि भिरकोट नगर प्रमुख छाया राम खनालले नैतिक शिक्षा अहिलेको आवश्कता रहेको र यसल आफूले लागू गर्ने कार्यमा अगाडि बढेको कुरा जनाए । यस्तै वालिङ नगर प्रमुख दिलीप प्रताप खाँडले आध्यात्मको विकासले नाई नैतिकता सिकाउने बताए । उनले अब सबै जना अध्यात्म तिर लाग्नु पर्ने कुरा जानकारी दिए । जब हामीले गर्न सक्छौ त्यो बेलामा नैतिकता प्रस्फुटन हुन्छ, उनले नैतिकता सिकाउने भनेको आध्यात्मिक चिन्तनले हो भन्दै यो तिर लाग्नु पर्ने कुरामा जोड दिए ।

यस्तै कालीगण्डकी गाउँपालिका प्रमुख खिन बहादुर थापाले कालीगण्डकी गाउँपालिकाले नैतिक शिक्षाको बिहानको समयमा विद्यालय मा दिने गरेको र आगामी दिन झन् राम्रोसंग दिने प्रतिवद्धता जनाए । हाम्रो यो कुरामा समर्थन रहेको कुरापनि उनले जोडे ।

यस्तै विश्व हिन्दू युवा संघ का केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाहले नैतिक शिक्षा स्याङ्जाबाट लागु गर्न जनप्रतिनिधि हरुलाई अनुरोध गर्दै हामीहरूले पूर्वीय दर्शनको आधारमा हरेक कार्य हरु गर्न पर्ने कुरा व्यक्त गर्नु भएको थियो । उहाँले ट्रम्पले ह्वाइट हाउस अगाडि स्वस्ती वाचन गराएको कुरा सम्झाउँदै अब हामीले हाम्रो संस्कृति जोगाउन पर्ने कुरा व्यक्त गर्नु भएको थियो । साथै उहाँले विश्व हिन्दू युवा संघ स्याङ्जा लाई यो महत्तवपूर्ण अभियान लिएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो।

यस्तै भीरकोट नगर प्रवक्ता दीपेन्द्र केसीले नैतिक शिक्षा विधायलयमा लागू गराउन आफूले हरपल सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यस्तै गुरु चैतन्य कृष्णले पालिका प्रमुखहरुले विद्यालय स्तरमा नैतिक शिक्षा लागू गर्ने कार्य गर्नु पर्ने काम तपाईहरुको भएको र यसलाई सफल बनाउन आग्रह गरे । कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जका अध्यक्ष नवराज पौडेलले नैतिक शिक्षालाई स्याङ्जा जिल्ला भरि लागू गराउन सबैलाई आग्रह गर्दै अब देशले शिक्षा,अर्थ,स्वास्थ्य नीति पूर्वीय दर्शनको आधारमा चलाउन पर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा वालिङ मुस्लिम समाजका सचिव मोहमद इकबाल, सिताराम अधिकारी, कुशल बस्याल, प्रजवाल रनपाल, कमल सुवेदीपनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *