कोपा अमेरिकामा अर्जेन्टिना विजयी

प्रज्जवल थापा । कोपा अमेरिकामा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएको हो ।

ब्रासिलियामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिग्वेजले एक गोल गरे । पहिलो हाफको १३ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा अर्जेन्टिना १-० गोलले विजयी भयो ।

जितसँगै अर्जेन्टिना २ खेलबाट ४ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा उक्लिएको छ । पराजित उरुग्वे चौथो स्थानमा छ । यस्तै आजै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० गोलले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *