युरोकपमा आज तीन खेल हुँदै

प्रज्जवल थापा । युरोकप फूटबल प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

स्वेडेन विरुद्व स्लोभाकिया

पहिलो खेलमा स्वेडेन र स्लोभाकिया भिड्दैछन् । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको स्वेडेन आजको खेलमा जित निकाल्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना जिवित राख्न चाहन्छ । यता पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकिया आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्ने शुरमा रहेको छ ।

क्रोएसिया विरुद्व चेक रिपब्लिक

यस्तै आजै हुने समूह ‘डी’को खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्दैछन् । पहिलो खेलमा स्कटल्यान्डलाई स्तब्ध पारेको चेक आजको खेलमा जित निकालेको खण्डमा एक खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्नेछ । यता क्रोएसिया भने प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । आजको खेलमा हार बेहोरेको खण्डमा क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कठिन बन्न सक्छ ।

इंग्ल्यान्ड विरुद्व स्कटल्यान्ड

एक खेल अगावै प्री-क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्य साथ इंग्ल्यान्डले आज स्कटल्यान्डको सामना गर्दैछ । पछिल्लो ७ खेलमा अपराजित रहेको इग्ल्यान्ड आजको खेलमापनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । यता समूहको पुछारमा रहेको स्कटल्यान्ड भने आजको खेलमा सकरात्मक नतिजाको अपेक्षामा छ ।

आजको खेलहरु

स्वेडेन विरुद्व स्लोभाकिया (बेलुकी ६:४५ बजे)
क्रोएसिया विरुद्व चेक रिपब्लिक (राति ९:४५ बजे)
इंग्ल्यान्ड विरुद्व स्कटल्यान्ड (राति १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *