प्रज्जवल थापा । युरोकप अन्तर्गत आज हुने समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्स र अष्ट्रिया भिड्दैछन् । दुवै टोली आज खेल जित्दै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ्न् ।
पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गरेको अष्ट्रिया ३ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । अष्ट्रियाले आफ्नो पछिल्लो ५ खेलमा २ जित, १ हार र २ बराबरको नतिजा निकालेको छ ।
यता पहिको खेलमा युक्रेनलाई ३-२ गोलले हराएको नेदरल्यान्ड्स ३ अङ्कको साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स पछिल्लो ५ खेलमा अपराजित रहेको छ । दुई टोलीबिच भएको पछिल्लो दुई भेटमा दुवै खेल नेदरल्यान्ड्सले आफ्नो पोल्टामा पारेको छ ।
आज हुने खेलहरु
युक्रेन विरुद्ध नर्थ म्यासेडोनिया (बेलुकी ६:४५ बजे)
डेनमार्क विरुद्ध बेल्जियम (राति ९:४५ बजे)
नेदरल्यान्ड्स विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे)
