बौंदीकाली गाउँपालिकालाई कोभिड १९ रोकथाम स्वास्थ्य सामाग्री हस्तान्तरण

बौंदीकाली, नवपलपुर । चिनियाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनले कोभिड १९ रोकथामका लागि बौंदीकाली गाउँ पालिकालाई अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

चीनबाट आइतबार प्राप्त सहयोगमा अक्सिजन सिलिन्डर, पिपिइ, मास्क, फेससिल सहितका करिब दुई लाख पचास रुपैयाँ बराबरको सामाग्री भएको बौंदीकाली गाउँ पालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताए ।

हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष रानाले अक्सिजिन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री खरिद गर्न प्रयास गर्दा पनि सफल नभएका बेला चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनले सहयोग गरेकामा धन्यवाद दिए ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनका प्रतिनिधि विनोद ओझाले नेपाललाई अप्ठेरो परेका बेला चिनियाँ नागरिक र सरकारका तर्फबाट देशका विभिन्न भागमा आफ्नो संस्था मार्फत स्वास्थ्य सामाग्री वितरण भइरहेको जानकारी दिए ।

गाउँ पालिकालाई प्राप्त सहयोग अध्यक्ष रानाले रकुवा प्राथिमक स्वास्थ्य केन्द्रलाई प्रदान गरे । स्वास्थ्य केन्द्रले अक्सिजन सुविधासहितको कोभिड १९ आइसोलेसन सेन्टर संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *