काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले कोरोनाको जोखिम नघटेको भन्दै एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिज्ला अधिकारी प्रेमप्रसाद भट्टराईले संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिएको बताए ।
कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद सोमबार सकिँदै थियो । निषेधाज्ञा थप गरिएपनि अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
सवारीसाधन आवागमनमा लगाइएको रोक भने यथावत रहेको छ । होटल–रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको र अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।




