ट्याक्टरले ठक्कर दिँदा बागलुङमा शिक्षिकाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए ।

ग १त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *