संसदमा बहुमत गुम्दा एक मिनेटपनि बस्न हुँदैनः मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम टेबल गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले बहुमत गुम्दा एक मिनेट पनि सत्तामा बस्न नहुने बताएका हुन् ।

उनले संसदभित्रको अंक गणितमा आफूले विश्वास गर्ने तर अराजनीतिक विचार नमान्ने जिकिर गरे । उनले संसद अंकगणितमा सत्ता पक्षको बहुमत रहँदासम्म मुख्यमन्त्रीको हैसियतमा रहिरहने बताए ।

संसदभित्र आफ्नो बहुमत रहेको पनि उनले दाबी गरे । ४ जना प्रदेशसभा सदस्यहरुको मुद्दा अदालत रहेको प्रसङ्ग उल्लेख गर्दै उनले प्रदेशसभामा प्रतिपक्षी सांसदमा अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितिले सरकारसँग बहुमत रहेको देखाएको दावी गरे ।

उनले लोकतान्त्रिक संस्कृति निर्माण गर्ने कुरामा सक्षम भइनसकेको पनि बताए । उनले प्रदेशको राजनीतिक घटनाक्रममा देखिएका विवादहरुले त्यस कुराको प्रकट गर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *