आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्चमा

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि त्यसविरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । रिट दर्ताको प्रक्रिया चलिरहेको उनले बताए । बुधबारको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीे सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *