नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशहरुलाई महाअभियोग लगाउन प्रभु साहको माग

काठमाडौं । नेकपा एमालेका नेता प्रभु सहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशहरुलाई महाभियोग लगाउनुपर्ने बताएका छन् ।

सर्वोच्चको आदेश आएपछि  सामाजिक संजालमार्फत साहले न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । उनले सर्वोच्चको फैसलालाई अप्रत्यासित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाभियोग लगाउन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *