थप २८७४ जनामा कोरोना संक्रमण, ५९ को मृत्यु, ५२९३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०१६८७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८२३८ पुगेको छ । क्वारेन्टाइनमा ६१६ जना छन् भने आइसोलेसनमा ७७८५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *