जोर्डनसँग खेल्न नेपाली टिम तयार

प्रज्जवल थापा । नेपालले सोमबार हुने विश्व कप-२०२२ तथा एसियन कप-२०२३ को छनोट खेलमा जोर्डनको सामना गर्दै छ । भोली हुने खेलको लागि नेपाल तयार रहेको टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुतइरीले बताएका छन् ।

आइतबार प्रि-म्याच कन्फ्रेन्समा बोल्दै अल्मुतइरीले नेपाल जोर्डनसँग जितको लागि खेल्ने बताएका छन् । “नेपाललाई धेरैले अन्डरडगको रुपमा हेरेका छन् तर सबै खेल ०-० बाट शुरु हुन्छ । खेलको नतिजा मैदानमा दिएको प्रदर्शनले निर्धारण गर्ने गर्छ”, अल्मुतइरीले भने । “हाम्रो लक्ष्य एसिया कप क्वालिफायर्सको लागि छनोट हुने हो । त्यसको लागि जोर्डनमाथि जित आवश्यक छ ।”

यता जोर्डनका प्रशिक्षक भिटेल बोर्केलमानसलेपनि नेपालसँगको खेलको लागि कडा मिहेनेत गरेको र यस खेल महत्त्वपूर्ण रहेको बताएका छन् । भिटालले भने, “सबैले जोर्डनले ३ अङ्क लिने सोचिरहेका छन् तर यो फूटबल हो र यहाँ जेपनि हुन सक्छ । मैले नेपालको चाइनिज ताइपेइ र इराकसँगको खेल हेरेको छु । उनीहरुको खेल्ने तरिका पुरै परिवर्तन भएको छ ।”

जुन ३ मा चाइजिज ताइपेइ विरुद्व भएको खेलमा नेपाल २-० गोलले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *