ताइपेइमाथि नेपालको शानदार जित

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत भएको खेलमा नेपालले शानदार जित निकालेको छ । बिहीबार राति समूहचरण अन्तर्गत भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोलले पराजित गरेको हो ।

कुवेतस्थित जाबेर अल अहमेद अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमै अन्जन विष्टले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा हेन्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

यस्तै दोस्रो हाफको ८० औं मिनेटमा सुमन अर्यालको पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-० गोलको शानदार जित दिलाए । यससँगै नेपालले छनोटमा दोस्रो जित हात पारेको छ । जितसँगै नेपाल ६ खेलबाट ६ अङ्क जोड्दै समुहको चौथो स्थानमा रहेको छ । पराजित ताइपेइले ६ खेलबाट कुनै अङ्क जोड्न सकेको छैन ।

अब नेपालले जुन ७ मा हुने खेलमा जोर्डनको सामना गर्नेछ भने जुन ११ मा अष्ट्रेलियासँग भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *