काठमाडौ । संसद विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर भएका छन् ।
१९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए । ११ वटा रिट संवैधानिक इजलासमा सोझै दर्ता भएका थिए । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट पनि संवैधानिक इजलासमै छ ।
