प्रज्जवल थापा । नियमित कप्तान सेर्जियो रामोसबिना प्रशिक्षक लुइस इनरिकेले युरोकपको लागि स्पेनिस टोलीको घोषणा गरेका छन् । प्रशिक्षक इनरिकेले सोमबार २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
पछिल्लो समय रामोस घाइते हुँदै मैदान बहिर रहेका थिए । तर ला लिगाको अन्तिम खेलको लागि उनी उपलब्ध भएपनि खेल्नको लागि फिट नभएको भन्दै टोलीमा नअटाएको प्रशिक्षक इनरिकेले जनाए । रामोस स्पेनको लागि सार्वधिक खेल खेल्ने खेलाडीपनि हुन् ।
यस्तै इनरिकेले युरो कपको लागि घोषणा गरेको टोलीमा रियल म्याड्रिडका कुनैपनि खेलाडी समावेश गरेका छैनन् । स्पेन, पोल्यान्ड, सोल्भाकिया र स्वेडेन प्रतियोगिताको समूह ‘इ’ मा रहेका छन् ।
स्पेनको टिम:-
गोलकिपर:- उनाई सिमोन, डेभिड डि जिया, रोबर्ट सान्चेज
डिफेन्डर:- जोसे गया, जोर्डी अल्बा, पाउ टोरेस, अयमेरिक लापोर्टे, इरिक गार्सिया, डिएगो लोरेन्टे, सेसार अज्पिलिकुएटा
मिडफिल्डर:- मार्कोस लोरेन्टे, सेर्जियो बुस्केट, रोड्री, पेड्री, थियागो अल्कान्टारा, कोके, फाबियन रुइज
फर्वार्ड:- डानी ओल्मो, मिकेल ओयार्जाबाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, अडामा ट्राओरे, पाब्लो साराबिया
