संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिन सबै जिल्ला अध्यक्षलाई तरुण दलको परिपत्र

काठमाडौं । नेपाल तरूण दलले प्रतिनिधिसभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले कोरोनाभाइरस महामारी रहेका बेला भएकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको बस्नेतले बताएका छन् ।

तरूण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठनलगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *