USAID

जसपाका कुनै सदस्य सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निस्कासित हुने


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ । जसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका प्रचार–प्रसार विभाग प्रमुख डम्बर खतिवडाले सोमबार विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका अध्यक्ष महन्थ ठाकुर तथा नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *