महामारीमा चरम कालोबजारीः मूल्य आकाश चढ्या, निचोरिदैँ जनता

काठमाडौँ । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारीयाले यसपालि साबिकभन्दा बढाएका छन् ।

गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् । यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ।

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ । यस्तो अवस्थामा घट्नुपर्ने हो । तर, अत्याधिक नाफा खाने मोहमा झन् बढाइएको छ ।

यो छाडापनमा राज्य भने मौन बसेको छ । महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिं र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेको समाचार अन्नपूर्णपोस्ट दैनिकमा समाचार छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *